उसुमा सुनसरी च्याम्पियन, मोरगं र संखुवासभालाई दोस्रो र तेस्रोको उपाधि

इटहरी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश १ मा भएको उसु खेलको खेलाडी छनौट प्रतियोगितामा सुनसरी च्याम्पियन भएको छ ।
इटहरी रंगशालाको कभर्डहलमा ३ दिनसम्म चलेको छनौट प्रतियोगिताबाट सुनसरीले पाँच वटा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो ।
छनौट प्रतियोगितामा ६० केजी तौल सूुहमा इलामकी अर्चना लिम्बुले स्वर्ण पदक जितेकी छन् भने भोजपुरकी स्मृती प्रधानले रजत र सुनसरीकी सदीक्षा राई र संखुवासभाकी लजिता शेर्पाले कास्य पाएका छन् ।

यता ६५ केजी तौल समूहको प्रतिस्पर्धामा संखुवासभाकी प्रमिला विकले स्वर्ण पाएकी छन् भने झापाकी दिपाकुमारी गणेशले रजत पदक पाएकी छन् । यस्तैगरी सुनसरीकी स्मारिका खवास र इलामकी रिता कट्वालले कास्य पदक जित्न सफल भएका छन् ।

यता ७० केजी महिला समूहको प्रतिस्पर्धामा सुनसरीकी दुर्गा ठकुरीले स्वर्ण, मोरङकी सम्झना राईले रजत र पाँचथरकी मनिषा नेम्बाङ्ग र इलामकी मनिता नुगोले कास्य पदक जितेका छन् ।

पुरुष तर्फ ७५ केजी समूहको स्पर्धामा मोरङका अमित लकान्द्रीले स्वर्ण, झापाका करण राजवंशीले रजत र भोजपुरका लक्ष्मी प्रसाद तामाङ तथा धनकुटाका आसमान राईले कास्य जितेका छन् ।

यस्तै ४५ केजी महिला तर्फको प्रतियोगितामा संखुवासभाकी धनकुमारी राईले स्वर्ण, मोरङकी राजलकु राजवंशीले रजत र पाँचथरका अमिता लिम्बु र झापाका उनिता राईले कास्य पदक जितेका छन् ।

आइतबार, ०९ असोज, २०७९, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर