स्वर्गीय बन्टी स्मृति भेट्रान्स फुटबल हुँदै

विराटनगर । विराटनगरमा आइतबारबाट ‘स्व.बन्टी भुजेज स्मृति रनिङ शिल्ड भेट्रान फुटबल’ प्रतियोगिता सुरु हुने भएको छ ।

विराटनगरको सिएमजी स्वास्थ्य क्लब, विराट बुद्ध स्पोर्टिङ क्बल र पेमा युवा क्लबले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै संयोजक किशोर धमलाले जानकारी दिए । उनले प्रतियोगिता नाफाका लागि नभएर फुटबल क्षेत्रमा योगदान दिएका एक जना व्यक्तिको स्मृतिमा आयोजना गर्न लागेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ विराटनगरको खेलकुद क्षेत्रलाई चलायमान प्रतियोगिता आयोजना गर्न लागेको उनले जानकारी दिए । त्यसबाट हुने आम्दानी स्वर्गीय बन्टीको परिवारलाई सहयोगस्वरुप प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

एन्फाका पूर्व उपाध्यक्ष सन्तोष बानियाँले बन्टीले फुटबलमा थोरै समय मात्रै बिताएका थिए । खेल जीवन सुरु गरेसँगै जागिरे जीवनमा प्रवेश गरेको र उनले राम्रो खेलकै कारण धेरै वटा क्लबले खेल्ने अवसर प्राप्त गरेकोले उनको स्मरण गर्नु स्वभाविक रहेको बानियाँले बताए ।असोज ९ देखि १५ गतेसम्म विराटनगरको सहिद रंगशालामा हुन लागेको भेट्रान प्रतियोगितामा झापा, मोरङ, सुनसरी र सिराहाका १० वटा क्लबको सहभागिता रहने छ ।

टिमुरले मुख्य प्रायोजन गरेको प्रतियोगितामा झापा दमकको दमक–लखनपुर भेट्रान क्लब, विर्तामोड भेट्रान क्लब, सुनसरी इटहरीको जनता भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, सिराहाको लहान भेट्रान क्लब, मोरङ विराटनगरको मर्निङ भेट्रान क्बल, एभरेष्ट भेट्रान क्बल, विन्दवासिनी भेट्रान क्लब, युनाइटेड भेट्रान क्बल र आयोजकको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा खेलाडीहरुले म्यान अफ द म्याच, म्यान अफ द सिरिजलगायतका व्यक्तिगत पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताअन्तर्गत आइतबारको उद्घाटन खेल दमकको दमक–लखनपुर भेट्रान क्बल र मोरङको एभरेष्ट भेट्रान क्लबबीच हुनेछ ।

आइतबार, ०९ असोज, २०७९, बिहानको ०७:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर