विराटगनर । पोखरामा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नम्बर १ को पुरुष फुटबल छनौट खेलमा मोरङ, धनकुटा, संखुवासभा र भोजपुर विजयी भएका छन् ।
बुधबार मोरङको विराटनगरमा रहेको शहिद रंगशालामा बिहान भएको पहिलो खेलमा खोटाङलाई १–० गोलले पराजित गर्दै मोरङ क्वाटरफाइनलमा प्रवेश रहेको छ ।
दुवै टिमबाट ए डिभिजन खेलेका अनुभवी खेलाडीका साथ मैदान उत्रिएको थियो । निकै रोमाञ्चक खेलमा मोरङको लागि खेलको नवौं मिनेटमा टिम क्याप्टेन कोमल खवासले निर्णायक गोल गरी टिमलाई विजयी बनाएका हुन् ।
बिहीबारै भएको दोश्रो खेलमा धनकुटाले पाँचथरलाई ३–२ गोलले पराजित गर्दै क्वाटरफाइनल पुग्न सफल भएको छ । खेलमा धनकुटाका लागि बुद्ध चेम्जोङ्ग, मन कुमार राई र बिरेन चेम्जोङले एक एक गोल गरी टिमलाई क्वार्टर फाइनलमा पु¥याएका थिए । प्रतियोगितामा पाँचथरका निर्देश राईले दुई गोल गरेका थिए । अब धनकुटाले सुनसरीसँग क्वार्टर फाइनल खेल खेल्नेछ ।
यस्तै तेस्रो खेलमा संखुवासभाले तेह्रथुमलाई दुई शून्य गोलले जित्दै ओखलढुंगासँगको भेट पक्का गरेको छ । संखुवासभाका लागि जीवन राई र जीवन मगरले एकएक गोल गरेका थिए ।
बिहीबारको अन्तिम खेलमा भोजपुरले उदयपुरमाथि ४–२ को जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।