लोड हुँदैछ...

मेनु

राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट सुरु

राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट सुरु

विर्तामोड । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि झापामा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशस्तरिय वृहद प्रतियोगितामा सहभागी हुने खेलाडीको छनौट सुरु भएको छ ।

झापाको चन्द्रगढीस्थित मेची रंगशालाको कभर्डहलमा भएको एक कार्यक्रमबीच प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले उद्घाटन गरेका हुन् ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा मेचीनगर ६ का वडाअध्यक्ष मनोज सुब्बा, उद्योग वाणिज्य संघ प्रदेश नम्बर १ का अध्यक्ष टिकाराज ढकाललगायतको सहभागिता रहेको थियो । जिल्ला छनौट कार्यक्रममा उद्घाटन गर्दै प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले प्रदेशको लागि मेडल ल्याउने खेलाडीले प्रदेश सरकार र खेलकुद विकास बोर्डको तर्फबाट राम्रो पुरस्कार पाउने बताए ।

उच्च मनोवलका साथ खेलमा सहभागी हुन र जिल्ला छनौटमा सफल बन्न साथै प्रदेशको छनौटमा समेत सफल भएर राष्ट्रिय खेलबाट प्रदेशका लागि मेडल ल्याउन सदस्य सचिव वाग्लेले खेलाडीहरुलाई आग्रह गरे । रंगशाला र खेलको लागि तयार रहेको कभर्डहलको अवस्था हेर्दा आफूलाई दुःख लागेको बताउँदै सदस्य उनले प्रदेश सरकारले उचित बजेटको व्यावस्था गर्नेमा आशावादी रहेको बताए ।उद्योग वाणिज्य संघका प्रदेश एक अध्यक्ष टिकाराज ढकालले खेलकुदका क्षेत्रमा समेत उद्योगी व्यापारीहरु सहकार्य गर्न तयार रहेको बताए । रंगशालाको स्तरोन्नतीमा ध्यान दिन बोर्डका पदाधिकारीलाई उनको आग्रह थियो ।

प्रदेश स्तरिय वृहत छनौट प्रतियोगिताको तयारीका लागि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेसहित सदस्यहरु शंलेषकुमार विष्ट, प्रदिप भगत, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख चण्डिका बाँस्तोला, निर्देशक उषा कर्ण चौधरीलगायतको उपस्थिति थियो ।

जिल्ला छनौट खेलको कार्यक्रममा झापा पुगेका प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले मेची रंगशालामा खोखो, आर्चरी तथा कवड्डी खेलको प्रदर्शनी अवलोकन गरेका थिए । यस्तै उनले झापाको मेचीनगर ४ बाहुनडाँगी पुगेर जिल्लास्तरीय भलिवलको छनौट खेलको पनि अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।