विराटनगर । एक सातादेखि लगातार घटिरहेको शेयर बजारमा सोमवार भने सुधार देखीएको छ । । सोमवार एकैदिन शेयर बजार मापक सूचक नेप्से ५५.८८ अंकले बढेको छ । आज बजार बढेर २०६५.६९ विन्दुमा पुगेको छ ।
सोमवार बजार बढेसँगै कुल ६० लाख कित्ता शेयरको किनबेच भएको छ । यसबाट २ अर्ब ४३ करोड रुपैयाँको कारोवार भएको नेप्सेले जानकारी दिएको छ ।
बजार बढेको दिन तीन वटा कम्पनी श्री इन्भेष्मेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स र राधी विद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । १० प्रतिशतभन्दा बढी शेयर मूल्य बढ्नुलाई शेयर बजारमा सकारात्मक सर्किट लागेको भनिन्छ । आज थप ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
बजार बढेको दिन पनि रिडी पावर कम्पनी, गुँराश लघुवित्त वित्तीय संस्था, शिवम सिमेन्टसहितका १५ कम्पनीको शेयर मूल्य भने घटेको छ । आज आज शेयर मूल्य सबैभन्दा बढी घट्नेमा रिडि पावरको ९.९९ प्रतिशतले घटेको छ ।
आज नेप्सेमा सूचिकृत कम्पनीहरूमध्ये २१५ वटाको ६० लाख कित्ता शेयरको ४२ हजार पटक कारोबार भएको पनि नेप्सेले जानकारी दिएको छ ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।