लोड हुँदैछ...

मेनु

कोशीमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशीमा मेघगर्जनसहित वर्षाको सम्भावना


विराटनगर । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा कोशी प्रदेशका कतिपय स्थानमा आज मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज कोशी प्रदेशको तराई भू-भागमा आंशिक बदली रहने भए पनि पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना देखिएको हो । महाशाखाका अनुसार तराईका थोरै स्थानमा मात्र चट्याङ्गसहित वर्षा हुन सक्नेछ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा रहेकाले कोशीसहित देशका अधिकांश हिमाली र पहाडी भू-भागमा बादल लाग्ने र वर्षा हुने क्रम जारी छ ।

कोशी प्रदेश बाहेक आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरैजसो भू-भागमा साधारणतया बदली रहने प्रक्षेपण गरिएको छ । कर्णालीको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षा र चट्याङ्गको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds