काठमाडौं । मदन पुरस्कार गुठीले वि.सं २०८२ सालको मदन पुरस्कारका निम्ति छनोट भएका उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ । सोमबार गुठीका अध्यक्ष कुन्द दीक्षितले एक विज्ञप्ति जारी गर्दै यस वर्षका उत्कृष्ट १० कृतिको नाम सार्वजनिक गरेका हुन् ।
यस वर्ष सार्वजनिक गरिएको सूचीमा सीमा आभासको कृति (महायुग) सहित विभिन्न विधाका १० पुस्तक अटाएका छन् । गुठीका अनुसार छनोट भएका अन्य कृतिहरूमा केशवराज ज्ञवालीको (अज्ञात)केशव दाहालको (इथा( ललित विष्टको (उत्कर्ष) रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहासु र वीणा जोशी राजभण्डारीको (नेवार समुदायका परम्परागत मुकुन्डोनाच) रहेका छन् ।
यस्तै, उमा सुवेदीको (परिधि) श्रवण मुकारुङको (सलह) डा. नवराज केसीको (स्वस्पर्श( र नदीशको हिउँद पनि अन्तिम १० को सूचीमा पर्न सफल भएका छन् ।
मदन पुरस्कारका लागि यस वर्ष कुल २९८ पुस्तक गुठीलाई प्राप्त भएका थिए । वि.सं.२०७२ सालदेखि गुठीले प्राप्त पुस्तकमध्येबाट बढीमा १० कृति छनोट गरी सूची सार्वजनिक गर्दै आएको छ । यी पुस्तकमध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा छनोट गरी मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।
वि.स. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलोपटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीकोअधिकविभव स्थिरविद्युत् उत्पादक लाई पुरस्कार प्रदान गरेको थियो । वि.स..२०७५ सालदेखि यो पुरस्कारको राशि चार लाख रुपैयाँ कायम गरिएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।