विराटनगर । मंगलवार उच्च अंकले गिरावट भएको नेप्से बुधवार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ।
बुधबार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.५३ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १. ४४ अंक बढेको छ।
बुधबार कारोबारमा आएका २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलवार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार फाइनान्स र हाइड्रोपावर कम्पनीहरुमा नै लगथानीकर्ताको बढी आकर्षण देखिन्छ। विकास बैंक,माइक्रोफाइनान्स र अन्य उपसमूहका कम्पनीहरूमा पनि लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ।
नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूहबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ।

