विराटनगर । एसइई कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधि जेभियर्स बोर्डिङ स्कुलले जितेको छ ।
सभ्य कला समाजको आयोजनामा विराटनगरमा सम्पन्न भएको फाइनलमा जेभियर्सले २–१ गोलले आर्दशलाई हराउँदै जेभियर्सले उपाधि जितेको हो ।
जेबियर्सको तर्फबाट अनुभव थापा र रोसित जंग थापाले गोल गरे । आदर्शका ज्ञानेन्द्र मगरले सान्त्वना गोल फर्काए ।
प्रतियोगिताको म्यान अफ द म्याच जेवियर्सका रोसित जंग थापा घोषित भए । उत्कृष्ट किपर राधाकृष्ण कुलका आयुश खड्का, उत्कृष्ट डिफेन्स मोर्डन ऐरा स्कुलका मनिस राय भए । यस्तै उत्कृष्ट मीड फिल्डर डन बसको स्कुलका बिराज रेग्मी, उत्कृष्ट फर्वाड जेभियर्स स्कुलका रोहन बस्नेत, हाई स्कोर आयुस्थम खवास भए । सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द्र मगर भए ।
विजेता हुने खेलाडीहरूलाई पुरस्कार विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराट गोल्ड कप ट्रस्टका अध्यक्ष सन्तोष बानिया, एन्फाका वसन्त अर्याललगायतको सहभागिता रहेको थियो ।