विराटनगर । मोरङको कटहरी गाउँपालिका – ३ नं. वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेको छ ।कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बुधवार वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

 

निर्माण सुरु भएको सात महिनामा नवनिर्मित भवन निर्माणको काम पुरा भएको जहदा गाउँपालिका– ३ का वडाध्यक्ष जदुलाल कामतले बताए । उनका अनुसार डेढ कट्ठा क्षेत्रफलमा ८५ लाख रुपैयाँ लागतमा वडा कार्यालयको भवन निर्माण भएको बताए ।

 

नवनिर्मित भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले नयाँ भवनबाट सेवाग्राहीलाई छिटो र क्षरितो रूपमा सेवा प्रभाव गरिनुपर्ने बताए । जनताको सेवामा खटिने जनप्रतिनिधि र कर्मचारीहरूले सहज रूपमा सेवा प्रवाहमा जोड दिनुपर्ने बताए ।

 

वडाध्यक्ष कामतले यसअघि साँघुरो भवनबाट कठिन पूर्ण तरीकाले सेवा प्रभाव गर्नुपर्ने अवस्थाबाट अन्त्य भएको बताए । सुविधा सम्पन्न वडा कार्यालयको नवनिर्मित भवनबाट जनतालाई छिटो, क्षरितो र चुस्त रूपमा सेवा प्रभाव गरिने बताए । नवनिर्मित भवनमा तीन वटा कोठामा, एउटा सभा हलसहितका शौचालय रहेको छ ।