विराटनगर । त्रिभूवन विश्वविद्यालय प्राध्यापक संघ महेन्द्र मोरङ क्याम्पस इकाइमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई सोमबार निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको छ ।
निर्वाचन समितिले सोमबार एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र प्रदान गरेको हो । केही दिन अघि सम्पन्न भएको संघको निर्वाचनमा डेमोक्रेट तर्फका उम्मेदवार डा.प्रमोद कुमार खेरवार सभापति पदमा निर्वाचित भएका थिए । यस्तै उपसभापतिमा डेमोक्रेटकै बिरेन्द्र कुमार झा, सचिवमा डेमोक्रेटकै शिवचन्द्र चौधरी, सह सचिवमा राष्ट्रिय प्राध्यापक संघका सुर्यनारायण यादव, कोषाध्यक्षमा प्रगतिशीलका डा. सुजितकुमार साह निर्वाचित भएका थिए ।
निर्वाचित सबैलाई निर्वाचन समितिले प्रमाणपत्र प्रदान गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो ।

