काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिनको गिरावटलाई निरन्तरता दिँदै बजार ओरालो लागेको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स ३.५३ अंक, फ्लोट इण्डेक्स १.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३४ अंकले घटेका छन्।
बजारसँगै कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार ३५६ वटा कम्पनीका ४६ हजार २४६ कारोबारबाट ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरका ७५ लाख ४० हजार कित्ता शेयर किनबेच भएका छन्।
कारोबारका क्रममा स्नो रिभर्स, सानिगाड हाइड्रो र कालंगा हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी बढ्दा थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १३.७९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा ८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर २०८४ शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ५३ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको १५ करोड रुपैयाँभन्दा बढी तथा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। तीमध्ये व्यापार उपसमूह सर्वाधिक ३.१५ प्रतिशतले घटेको छ। बैंकिङ, वित्त तथा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।