लोड हुँदैछ...

मेनु

धनकुटामा १७५ किलोभन्दा बढी गाँजासहित ट्याक्टर चालक पक्राउ

धनकुटामा १७५ किलोभन्दा बढी गाँजासहित ट्याक्टर चालक पक्राउ

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–६ माङमायाबाट प्रहरीले १७५ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ।

कोशी राजमार्गअन्तर्गत चानुवाबाट लेगुवातर्फ जाँदै गरेको को२त ४८९८ नम्बरको ट्याक्टरमा लुकाइछिपाइ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले जाँच गर्दा गाँजा बरामद गरेको हो।

प्रहरी चौकी लेगुवाबाट प्रहरी सहायक निरीक्षक गोविन्द दासको कमाण्डमा खटिएको टोलीले ट्याक्टरबाट २२ वटा बोरामा राखिएको १७५ किलो ५७० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घटनामा संलग्न ट्याक्टर चालक १९ वर्षीय राजकुमार बयलकोटीलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले गाँजा, ट्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।