प्रदेश सरकारले १९ जना श्रष्टालाई  पुरस्कृत गर्ने

विराटनगर । प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।

श्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा गठित छनौट समितिले नाम छनौट गरेको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिएका छन ।

कृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट प्रा.डा. गोबिन्द तुम्वाङ–प्रा.डा. कालुराम खम्बु सम्मानित हुने भएका छन । प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट टंक बहादुर खुलाल, गोवर्धन तामाङ, विजय ,भरत गुरागाईं,ममता गिरी,गोपाल देवान,वीरबहादुर लाप्चा, हरि कट्टेल, मान सिंह थुलुङ,महेन्द्र राई, जयन्तीरमण कण्ठ र नवराज राई लाई सम्मान गरीने मन्त्रालयले जनाएको छ ।

नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार– २०७९बाट लिला उप्रेती, यशोदाकुमारी लम्साल, चेतन आङ्थुपो,मधुराज केरुङ र विमला चिमोरियालाई सम्मान गरीने भएको छ । असार २७ गते मंगलबार विराटनगरस्थित आरोहण गुरुकुलमा एक कार्यक्रमका बिच उनिहरुलाई सम्मान गर्न लागिएको हो ।

शनिबार, २५ असार, २०७९, रातीको ०८:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर