नेपाल खेलकुद महासङ महानगर कमिटीको असार १८ गते प्रथम महानगर भेला हुने

विराटनगर । नेपाल खेलकुद महासङ महानगर कमिटी विराटनगरको आज सम्पन्न विस्तारित बैठकले संयोजक विज्ञान शर्मा चापागाईँ र सह संयोजकमा अनोजराज थापालाई जिम्मेवारी प्रदान गरेको छ।
सबै वडामा वडा कमिटी गठन गर्नका लागि वडा संयोजक र सह संयोजक समेत आजको बैठकले तोकेको छ ।
 असार १८ गते नेपाल खेलकुद पत्रकार दिवसको अवसर पारेर प्रथम महानगर भेला हुने र भेलाबाट पूर्ण कमिटी निर्माण हुने महानगर संयोजक विज्ञान शर्मा चापागाईँले बताए।
कार्यक्रमको  अध्यक्षता महासङका स्थायी कमिटी सदस्य तथा महानगर इन्चार्ज बासूँ नेपालले गरेका थिए भने प्रमुख अतिथि एमाले प्रदेश १ सचिवालय सदस्य तथा महासङका केन्द्रीय अध्यक्ष परशुराम बस्नेत रहेका थिए ।
गत स्थानीय तहको निर्वाचनमा विजयी भएकाहरूलाई सम्मान समेत गरिएको छ । महासङ प्रदेश सचिव जितन थापा विराटनगर महानगर वडा न ४को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
बैठकमा परशुराम बस्नेत, सन्तोष बान्तवा, विजय कामत,जितन थापा लयताका नेताहरूले सम्बोधन गरेका थिए ।
सोमबार, ३० जेठ, २०७९, दिउँसोको ०१:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर