

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)ले झापा काठमाडौँ सम्पर्क मञ्च गठन गरेको छ ।
काठमाडौँ बसोबास गर्ने नेकपा एकीकृत समाजवादीहरूको भेलाले ३५ सदस्यीय झापा काठमाडौँ सम्पर्क मञ्चको गठन गरेको छ । अध्यक्ष अधिवक्ता कृष्ण न्यौपाने, उपाध्यक्ष जोगेन्द्र प्रसाद चौंलागाईं र सरू रिजाल, सचिव घनश्याम रिसाल , सहसचिवमा बालकृष्ण गौतम, एङ्गीस प्रसाईँ, बलराम आचार्य र कोषाध्यक्ष जिनत शेख चुनिएका हुन ।
भेलालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अशेष घिमिरेले झापा दक्षिणपन्थीहरूको जिल्ला नभएको बताएका छन् ।
निर्वाचित कमिटीलाई शपथ गराउँदै केदार सन्जेलले झापा काठमाडौँ सम्पर्क मञ्चले यो स्थानीय चुनावमा कलम चिन्हलाई विजयी गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।
भेलामा एस पार्टीका निर्वाचन आयोग सदस्य खेमराज पौडेल, पेसागत जिल्ला कमिटीका अध्यक्ष सूर्य खत्री, अनेरास्ववियु उपमहासचिव मिलन राई, सम्पर्क कमिटीका नेताहरू अमर राउत, भूपालराज श्रेष्ठ, कमल सापकोटा, तिलक लोहनी लगायतका नेताहरूको उपस्थितिमा सम्पर्क मञ्च गठन गरिएको हो ।