स्थानीय तहको रिपोर्ट पठाउने म्याद वैशाख ४ सम्म थप्ने गठबन्धनको निर्णय

काठमाडौं ।स्थानीय तहको निर्वाचनका लागि तालमेलको खाका टुंग्याउन ४ वैशाखसम्मको समयसीमा सत्तारुढ गठबन्धनले तोकेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको बसेको बैठकले सिट बाँडफाँटको विधि टुंगो लगाउने भनिए पनि सबै स्थानीय तहबाट रिपोर्ट नआइसकेका कारण सिट बाँडफाँटको विधि टुंगो नलागेको बैठकमा सहभागी नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले बताए ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले स्थानीय तहको चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका छन् ।

चैत्र २९, २०७८, साँझको ०७:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर