स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आचारसंहिता शुक्रवार (आज)रातिदेखि लागू हुने आयोगले पत्रकार सम्मेलन गरेर जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित हुनुका साथै सञ्चारमाध्यममार्फत आमनागरिकमा समेत प्रचारप्रसार भएको बताए ।

आचारसंहितामा भएका प्रावधान सबै राजनीतिक दल, उम्मेदवारसहित सरोकारवाला पक्षले पूर्ण रुपमा पालना गर्न उनले आग्रह समेत गरेका छन ।

आचारसंहिता उल्लंघन गरेको पाइएमा सचेत गराउने, सूचना प्रकाशित गर्नेदेखि कानूनअनुसारको जरिवाना, कैद तथा उम्मेदवारी रद्द हुने समेतको प्रभावकारी रुपले कार्यान्वयन गरिनेछ,पौडेलले भने ।

स्थानीय तहमा पदमा बहाल रहेका जनप्रतिनिधिले निर्वाचन अगावै पदबाट राजीनामा दिनु पर्ने वा नपर्ने विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले अदालतले अन्तिम टुंगो लगाएबमोजिम नै हुने पौडेलको भनाइ छ ।

निर्वाचन आचारसंहिता ऐन २०७८, निर्वाचन कसूरजन्य ऐन २०७८ सहित निर्वाचन आयोगबाट जारी भएको ६० बुँदे निर्देशन पालना गर्न उनले आग्रह गरे ।

स्वच्छ, स्वतन्त्र, मितव्ययी रूपले निर्वाचन सम्पन्न गराउन र खर्चमा नियन्त्रण गर्दै भड्किलोरहित चुनाव बनाउन उनले आग्रह गरे ।

यस्तै उनले सामाजिक सञ्जालमा उम्मेदवार र राजनीतिक दलले मात्र प्रचार गर्न पाउने बताए ।

उम्मेदवार हुन चाहनेले स्थानीय तहमा ठेक्कापट्टा वा चलअचल सम्पत्तिको व्यवहारमा संलग्न नरहेको स्वःघोषणा गर्नुपर्ने थपलियाले बताए ।

ुस्थानीय तहको कोषबाट सञ्चालित हुने कुनै पनि कार्यमा संलग्न छ भने त्यसको क्लियरेन्स नगरी उम्मेदवारी दिए उम्मेदवारी धरापमा पर्न सक्छ,ु थपलियाले थपे, ुत्यसैले त्यस विषयमा उम्मेदवार हुन चाहनेले नै त्यस विषयमा विचार गर्नुपर्ने हुन्छ।

उम्मेदवारको प्रचारप्रसार गर्न कुनै मन्त्री वा सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक स्रोतको उपयोग गर्न नपाउने प्रावधानलाई उनले स्मरण गराए । २०४८ सालको चुनावदेखि नै उक्त प्रावधान रहेकाले त्यस विषयमा पनि ध्यान दिनुहुने नै छ,थपलियाले थपे।

चैत्र २५, २०७८, साँझको ०७:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर