लोड हुँदैछ...

मेनु

युक्रेन संकटः तेलको मूल्य प्रति ब्यारेल ११७ डलर नाघ्यो

युक्रेन संकटः तेलको मूल्य प्रति ब्यारेल ११७ डलर नाघ्यो

काठमाडौं । बिहीबार कच्चा तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ११७ डलर नाघेको छ।

यस समाचार तयार पार्दासम्ममा ब्रेन्ट क्रुड, तेल मूल्यको अन्तरराष्ट्रिय बेन्चमार्क, प्रतिब्यारल ११७.१६ डलर र क्रुड आयल ११४.४४ डलरमा कारोबार भइरहेको छ।

अन्तरराष्ट्रिय उर्जा एजेन्सीका सदस्यहरुले आपतकालीन भण्डारबाट ६० मिलियन ब्यारल तेल छोड्ने सहमति भएसँगै मूल्य बढ्न पुगेको बताइएको छ।

रुस विश्वको एक ठूलो उर्जा उत्पादक हो। फलस्वरुप, युक्रेनमा रुसको आक्रमणको चिन्ताले तेल वा ग्याँस आपूर्ति प्रभावित हुन सक्ने त्रास लगानीकर्ताहरुमा छाएको छ।

त्यसैगरी, युक्रेन संकटका कारण ग्यासको मूल्य पछिल्लो सात वर्षयताकै उच्च विन्दुमा पुगेको छ। बिहीबार ग्यास २.६० प्रतिशतले बढेर ४.८८ डलर पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।