काठमाडौं । आज सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैँयाले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलाको ९६ हजार ६ सयमा सुनको कारोबार भएकोमा आज ९८ हजार २ सय पुगेको हो ।

यसअघि बिहीबार ९९ हजारमा कारोबार भएको सुन शुक्रबार ९८ हजारमा झरेको थियो ।चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेको छ । हिजो प्रतितोला १२९५ मा कारोबार भएको चाँदी आज १३४० कायम भएको हो ।

रसिया र युक्रेनको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपालमा पनि मुल्य बढेको महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए ।