विराटनगर । नेपाली बजारमा सुन तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । हिजो तोलामा १३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि हुँदा नेपालमा पनि स्वाभाविक रुपमा त्यसको असर देखिएको हो ।

