लोड हुँदैछ...

मेनु

नेप्से ५८ अंकले घट्यो

नेप्से ५८ अंकले घट्यो

काठमाडौं । आज नेप्से परिसूचक ५८.९९ अंकले सेयर बजार घटेको छ । २.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६६१.४४ अंकमा झरेको छ ।

आज २ सय २९ वटा कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर खरिदबिक्री भएको छ । भने ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रूपैयाँबराबरको सेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै सेयर मूल्य हिमालयन जनरल इन्स्योरेन्सको वृद्धि भएको छ । सो कम्पनीको आज १० प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।

नेशनल हाइड्रोको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको २६ करोड ९७ लाख १६ हजार ४ सय रूपैयाँबराबरको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।