लोड हुँदैछ...

मेनु

वसन्तीको ‘बोई’ गजल संग्रह प्रकाशनमा आउने

वसन्तीको ‘बोई’ गजल संग्रह प्रकाशनमा आउने

विराटनगर। पछिल्लो पुस्तामा लोकप्रिय युवा साहित्यकार वसन्त ओली (वसन्ती) द्वारा लिखित गजल सङ्ग्रह बोई (हजुरआमा) प्रकाशनमा आउने भएको छ । आईतबार प्रोमोसनल भिडियो सार्वजनिक गर्दै पुस्तक चाँडै प्रकाशन गर्ने लेखक ओलीले जानकारी गराएका हुन् । उत्त भिडियोमा बोइप्रतीको प्रेम झल्काउने गीत सँगै कथा पनि समावेश गरिएको छ । भिडियोमा गायक राज सागरको मिठो गायकी सँगै संचारकर्मी अच्युत घिमिरेको कथा वाचनले हरकोहीको आँखा रस्साउँछ ।

बोईको सम्झनामा लिखित पुस्तकमा एक सय भन्दा बढी गजल समावेश गरिएको छ । बोईमा मायाप्रेम , देशभक्ति , खुसी ,पीडा र समाजसित सम्बन्धित सामाजिक भावनाहरू समेटिएको लेखकको भनाई छ । लामो समयदेखि साहित्य क्षेत्रमा लागेका ओलीले गजलमा नयाँ लय र भाव जन्माउने कोसिस गरेको बताएका छन् ।

पुस्तक तयार भैसकेको र अबको केही समयमा बुलबुल पब्लिकेसन्सद्वारा प्रकाशनमा आउने लेखक ओलीले बताए ।
२०६९ सालमा (तिर्सना) नामक उपन्यासबाट साहित्यमा प्रवेश गरेका साहित्यकार वसन्तीको ‘बोइ’ दोस्रो कृति हो ।

पाण्डुलिपी अध्ययन पछि अग्रजहरुको प्रतिक्रिया:

बोई वास्तवमै असीमआभ्यन्तरिक श्रद्धाको प्रकटीकरण हो । बोईको
निर्माण बोई को वसन्तको हृदयको अर्चना हो । गजलमा खारिएका
यी स्रष्टा हजुरआमालाई श्रद्धाका गजल फूलमात्र चढाउँदैनन्, बरु
समकालको शल्यक्रियासमेत गर्छन् । मूलतःसंरचनामागम्भीरता र मिसराहरूमा बिम्बप्रति बिम्बभावको सुन्दर शुभाशंसाको यो घडीमा बोईभित्रप्रवाहितगजलको
बहारले नेपाली गजल परम्परामा गर्वबोध गर्नसक्ने वसन्त–यामको पहिचान
छाड्ने छ ।
– प्रा.डा. भीम खतिवडा

‘बोई’ भित्रकागजलहरू शब्दकाथुप्रा हैनन् । भावको तीव्रतम् अनुभूति बोकेका आगोका फिलिङ्गा हुन् । बिजुलीको तारमा दौडिरहेको उच्चतापको करेन्ट नै हुन् भन्दापनि फरक पर्दैन । हामीले देखिरहेका, भोगिरहेका,बुझिरहेका र अनुभवगरिरहेका कुराहरूलाई बोईमा टपक्क टिपिइएका र गजलका सेरमा चटक्क मिलाएर उनिएका छन् । कुरोलाई सटिक र भनाइलाई अर्थपूर्ण किसिमले गजलबाट व्यक्तगर्नु ‘बोई’ मा भएका गजलहरूको विशेषताहो ।
—खगेन्द्र गिरि ‘कोपिला’

वसन्तओलीवसन्तीमिलनसार र शालिनप्रतिभाहुन् । अनुशासनमाउनी सेनाजस्तै छन् र लेखनमाविद्रोही जस्ता । सर्जक र सेनाको अलग–अलग व्यक्तित्वबोकेका वसन्तओलीवसन्ती एउटा यस्तो चेहरा हो । जसले नेपाली सेनाप्रतिको हाम्रो हेर्ने दृष्टिकोणलाई नै सकारात्मक बनाउँछ । फौजीहातले समातेको नरम कलम, उनको बोई गजल संग्रहकाअधिकांश
सेरले मलाईयही परिचय दिन्छन् ।
–अच्युत घिमिरे ‘बुलबुल’

अलि अगाडिसम्म नेपालीगजल थपडीमा मात्र सीमितथियो । आज नेपालीगजल थपडीबाट ब्यूँझेर मान्छेको मनसम्मपुगेको छ । गजललाई मान्छेको मनसम्म पु¥याउने भूमिकामा वसन्तओली वसन्तीपनि छन् । यो भन्नमलाई कसैले रोक्दैन ।
–बाबु त्रिपाठी

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।