लोड हुँदैछ...

मेनु

सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढ्यो

सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढ्यो

विराटनगर । सुनको भाउ आज एकैदिन तोलामा २५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९९ हजार रुपैयाँमा पुगेको छ।

भाउ अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । सुनको भाउ यसरी बढ्नुको मुख्य कारण अहिले रुस र युक्रेनको विवाद नै भएको उनको भनाइ छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।