काठमाडौं । सुनको भाउ आज प्रतितोलामा ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो ।यसैगरी, आज तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । हिजो एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।