कोशी अस्पताल र सरकारको प्रतिवद्धता

 पुण्य पी अधिकारी

“स्वच्छ, सुखी र समुन्नत प्रदेश” प्रदेश १ सरकारको नीति हो । यो नीतिलाई प्रदेश १ सरकारद्वारा २०७८ जेठ २७ गते प्रदेशवासी माझ सार्वजनिक गरिएको थियो । नीति तथा कार्यक्रमले “गुणस्तरीय स्वास्थ्य सेवा, प्रदेश सरकारको प्रतिवद्धता” लाई आत्मसाथ गरेको छ । २०७६ माघ ९ गते नेपालमा कोभिड–१९ को पहिलो सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा प¥यो । कोभिड–१९ को महामारीका समयमा सरकारी स्वास्थ्य संस्था प्रभावकारी हुन नसक्दा निजी क्षेत्रका स्वास्थ्य संस्थामा सरकार नै भर पर्नुपर्ने अवस्था थियो ।

प्रदेश सरकारले अघिपछि सरकारी स्वास्थ्य सेवालाई प्राथमिकतामा नराखेका कारण महामारीका समयमा सर्वसाधारण आधारभूत अधिकारबाट समेत बञ्चित हुनुप¥यो । भलै अझै पनि नागरिकको आधारभूत स्वास्थ्य अधिकारलाई तीन वटै सरकारले यथोतित रूपमा सम्बोधन भने गर्न सकेका छैनन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममा कोशी प्रादेशिक अस्पतालसहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर, प्रदेशका सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा अक्सिजन प्लाण्ट, सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक औजार तथा यन्त्र उपकरणको व्यवस्थापन गर्ने उल्लेख छ । प्रदेश राजधानीमा रहेको कोशी अस्पताल प्रदेश रिफरल अस्पतालको रूपमा विकसित गरिनु आजको आवश्कयता नै हो ।

राजधानीमा अवस्थित कोशी अस्पताल प्रदेशभरकै मुख्य सरकारी स्वास्थ्य संस्था हो । कोशी अस्पतालको भौतिकदेखि लिएर व्यवस्थापकीय सुधारका लागि सकारात्मक पहल गर्न राजनीतिक क्षेत्र सक्रिय हुने एउटा फोरमका वक्ताहरूले पनि बताएका छन् । यसले केही सकारात्मक आशाहरूलाई जीवित भने तुल्याएको छ । यसलाई सकारात्मक रूपमा बुझ्न र सबैले स्वागत गर्न आवश्यक छ । जिम्मेवार व्यक्तिहरूले कोशी अस्पतालको सुधारमा लागि आफ्नोतर्फ र क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धताले आगामी दिन कोशी अस्पतालको प्रभावकारी सेवा प्रदेशवासीले लिन पाउँछन् भन्ने अपेक्षा हामी सबैको छ । तर, व्यक्त गर्नका लागि मात्र गरिएका प्रतिवद्धताहरूले भने समस्या समाधान नहुने निश्चित छ ।

नेपाल सरकारले २०७२ चैत २५ गतेबाट देशभर ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गराएको छ । कोशी अस्पतालले पनि स्वास्थ्य बीमा कार्यक्रमको सेवा प्रवाह गर्दै आएको छ । तर, अस्पतालभित्रको व्यवस्थापन हर्ने हो भने सबैभन्दा पहिले अस्पताल विकास समितिले स्वास्थ्य बीमा कार्यक्रममा आएका सेवाग्राहीको व्यवस्थापन तत्काल गर्नुपर्ने देखिन्छ । विराटनगरमा आयोजित एउटा फोरममा कोशी अस्पतालको सेवा प्रवाह चुस्तदुरुस्त बनाउँदै प्रदेश १ कै नमुना अस्पताल बनाउन लागि पर्ने प्रतिवद्धताले सुधारको सञ्चार गराएको छ । विशेषज्ञ डाक्टर नबस्ने, सूचना प्रणाली व्यवस्थित नहुँदा बिरामीलाई समस्या भएको, पहूँचवालाले मात्रै सेवा पाएको गुनासो कोशी अस्पताल विकास समितिलाई सामान्य नै लाग्ला । तर, स्वास्थ्य सेवाग्राहीको सबैभन्दा ठूलो समस्या नै त्यही हुने गरेको छ ।

सरकारी स्वास्थ्य संस्थामा नागरिकले स्वास्थ्य सेवा लिनका लागि भनसुन गर्नुपर्ने अवस्थाले राज्यले मौलिक हकका रूपमा व्यवस्था र व्याख्या गरेको स्वास्थ्य अधिकार हक अवस्था छ भन्ने सहज ढङ्गले बुझ्न सकिन्छ । कोशी अस्पताललाई सरकारले नीति तथा कार्यक्रममा मात्र सुव्यवस्थित बनाउने हैन, व्यवहारमा पनि कोशी अस्पताल नमूना अस्पतालका रूपमा विकसित गर्न अबेर भईसकेको छ ।

शुक्रबार, २८ माघ, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर