काठमाडौं । रियल मड्रिडलाई हराउँदै एट्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा बिल्वाओले रियललाई १–० ले पराजित गरी अन्तिम चारमा पुगेको हो ।बिल्वाओको जितमा एलेक्स बेरेनगुएरले खेलको ८९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यससँगै बिल्वाओले रियलसँगको लगातार चार खेलसम्मको हारको श्रृङ्खलालाई पनि तोडेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।