लोड हुँदैछ...

मेनु

म राम्रो

म राम्रो

म राम्रो र नराम्रोभन्दा माथि हुन सकूँ
सँधैभरि सबैको हृदय प्रेमले छुन सकूँ
निराशा र दुःखलाई खुशीका तरङ्गले धुन सकूँ
सबैभन्दा ठूले कुरा साँचो अर्थमा मान्छे हुन सकूँ

धनी–गरिब ठूलो–सानोको भाव कहिले नजागोस्
उच–नीच जात–भातको विचार कहिले नछाओस्
धर्मको नाममा केबल सेवा गर्न सकूँ
अँध्यारा मुहारहरुमा सँधै हाँसो छर्न सकूँ

गाउँ–ठाउँ देश–भेषको संकीर्णता टाढा होस्
ईश्वरीय बरदानले झै सबैसँग सम्बन्ध गाढा होस्
सपना देखेर पनि यथार्थसँग नजिक हुन सकूँ
अरुजस्तै कहिलेकाहीँ पीडामा म पनि रुन सकूँ

4 प्रतिक्रियाहरू

4 प्रतिक्रियाहरू

Mamata mridul
January 30, 2022 4:10 PM

सुन्दर

Udipta Khatiwada
January 30, 2022 8:35 PM

Very nice

indra prasad dhungel
January 31, 2022 7:05 AM

Ati sundar yesto sadhai bhari sunnapayiyosh

Pralhad Bhujel
January 31, 2022 2:11 PM

Likes

प्रतिक्रियाहरू बन्द छन्।