विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरको अध्यक्षमा पुनः किशोर बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।
ट्रस्टको विराटनगरमा शनिबार भएको छैटौं साधरणसभा तथा पहिलो अधिवेशनबाट शाही अध्यक्षमा पुन ः निर्वाचित भएका हुन् ।
ट्रस्टको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ, उपाध्यक्षहरू बालकुमार राई, राजेश हमाल, उद्धब भुजेल र कुमार महर्जन रहेका छन् । महासचिब हिमाल शेर्पा, सचिब राजेश बेन्जनकार, धनकुमार लामा, कोषाध्यक्ष विष्णु डंगोल, सहकोषाध्यक्षमा सन्तोष बिक्रम साह रहेका छन् ।
ट्रस्टको सदस्यहरुमा राजु श्रेष्ठ, इन्द्रराज थापा, प्रभाकर थापा, मनोज खड्का, रिना श्रेष्ठ लामा, दिपक रजक, प्रलाद बस्नेत, दिपेन्द्र थापा मगर, जितेन्द्र कुमार साह, विशाल लामा, धनराज गुरूङ, मिलन थापा क्षेत्री, श्याम खड्का, भानु अधिकारी क्षेत्री, राजकुमार खड्का र संजिव सुब्बा रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि सैनिक टोल समाज सेवा समितिका अध्यक्ष अनुप स्याङबो, अतिथिहरु मिल्स माविका व्यवस्थापन समितिका अध्यक्ष, राजेश सुब्बा, सौगात सहकारीका सचिब बद्री न्यौपाने, समाजसेवी दिननाथ आचार्यरहेका थिए ।
ट्रस्टले मिल्स गोल्डकलाई आगमी दिनमा पनि निरन्तरा दिदै अगाडी बढने निर्णाय गरेको कोषाध्यक्ष विष्णु डंगोलले बताए । रानी क्षेत्रमा नयाँ खेलाडीहरू उत्पादन गर्ने ट्रस्ट लागि पर्ने उनले बताए ।
मिल्स गोल्ड कप फुटबल टुर्नामेन्ट प्रतियोगिताबाट आयोजकले ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको छ । गत चैत १४ गते सम्पन्न गरेको उक्त प्रतियोगितामा सो बरावरको रकम मुनाफा गरेको आयोजकले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।