दोस्रो वडाअध्यक्ष कप : लालिगुरास र मिल्स क्लब सेमिफाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो वडाअध्यक्ष कप फुटबल प्रतियोगितामा लालिगुराँस स्पोर्ट्स क्लब र मिल्स युथ फुटबल क्बल सेमिफाइनलमा पुगेको छ ।

विराटनगर–१७ स्थित खेल मैदानमा आइतबार भएको पहिलो खेलमा गोरखा फुटबल क्बललाई ७–० गोलले हराउँदै लालिगुरास सेमिफाइनलमा पुगेको हो ।

जितको लागि लालिगुरासको तर्फबाट बर्तमान राईले ४, आदेश थापा मगरले २ र केवल राईले १ गोल गरेका थिए । पहिलो खेलको म्यान अफ द म्याच लालिगुरासका बर्तामान राई घोषित भए । सोही दिन भएको दोस्रो खेलमा विराट एकेडमीलाई ३–० गोलले हराउँदै मिल्स युथ क्लब सेमिफाइनलमा पुगेको छ ।

मिल्सको तर्फबाट रबि थापामगर २ र उत्तम शर्माले एक गोल गरेका थिए । खेलको म्यन अफ द मच मिल्सको रबि थापा मगर घोषित भए । सोमबारको खेल रानी युवा क्लब र टिडबलुवाइसिइ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आइतबार, ०२ माघ, २०७८, साँझको ०७:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर