टेलिफोन (Telephone) कसरी र कहिले पत्ता लाग्यो ?

 स्नेहा खरेल

हालको टेलिफोन प्रविधि सन् १८३१ मा माइकल फराडेद्वारा आविष्कार गरिएको प्राविधिक आविष्कारमा आधारित छ । यद्यपि विभिन्न प्रयोगहरुबाट उनले प्रमाणित गरे कि धातुको थर्कावट विद्युतीय धक्कामा परिवर्तन गर्न सकिन्छ । सन् १८६१ मा जर्मनीका जोहन फिलिप रेइसले ध्वनीलाई विद्युतमा परिवर्तन गरे र अपरिपक्व रुपले निर्मित उपकरण द्वारा त्यसलाई पुनः ध्वनिमै फर्काएका थिए । जे भएता पनि यसले थोरै तरङ्गहरु मात्र स्थान्तरण गर्न सक्छ, तर फेरि पनि यो एउटा विकासक्रम थियो ।

संयुक्त राज्यकी एलिसा ग्रे र स्कटल्याण्डका एलेक्जेन्डर ग्रामबेल दुवैले सन् १८७६ मा एकअर्कासँग नमिली टेलिफोनको व्यवहारिक नमुना निर्माण गरेका थिए र कार्यशील (Transmitter) नमुना निर्माण गरेका थिए । तर कार्यशील (Transmitter) को नमुना तयार गर्न नसकेर ग्रेले यो दौड हारिन् ।

ग्रामको टेलिफोनको पहिलो व्यवहारिक प्रयोग सन् १८७६ मार्च ६ मा रेकर्ड भयो । बेलले एउटा निकटस्थ कोठामा receiver र transmitter जोडे जहाँ उनका साथी वाट्सन अर्को कोठामा सन्देश पर्खेर बसेका थिए । आफ्नो प्रख्यात संवादमा बेलले भनेका थिए, ‘यहाँ आऊ वाट्सन, म तिमीलाई चाहन्छु ।’ वाट्सनले सन्देश सुने र त्यसपछि यो इतिहासको रूपमा अनुसरण गरियो ।

बेलले बेल टेलिफोन कम्पनीको स्थापना गरे र यो विश्वको सबैभन्दा ठूलो टेलिफोन कम्पनी बन्न पुग्यो । सन् १८७७ मा पहिलो टेलिफोन साटासाट कार्यक्रम हार्टफोर्ड कनेक्टिकटमा भयो र पहिला जोडिने प्रमुख शहरहरुमा न्यूयोर्क र बोस्टन थिए । जुन १८८३ मा स्थापना भएको थियो । सन् १८७९ मा एउटा व्यापार केन्द्र लण्डनमा निर्माण भयो । यी सबै हस्तकृत चालु व्यापार केन्द्रहरु थिए । पहिलो स्वाचालित व्यापार केन्द्र कन्सस शहरमा अल्मन स्ट्रोगद्वारा सन् १८९२ मा गरिएको थियो ।

पहिलो व्यापारिक टेलिफोनको श्रेय हार्टफोर्डका विलियन ग्रेलाई जान्छ । फ्रान्सका एन्टोनिबार्नेले गुमाएर डायल गर्ने पहिलो टेलिफोन विकास गरेका थिए । सन् १९२४ मा पुलिसको फाइदाको लागि बेल कम्पनीले सर्वप्रथम वायरलेस फोनको उत्पादन गर्यो । सन् १९८७ मा अमेरिकन टेलिफोन र टेलिग्राफ बेल ल्याब्रोइटोरिजले अनुसन्धान गर्न सुरु गर्यो, जसले अन्त्यमा सेलुलर टेलिफोनको उत्पादनमा सहयोग पुर्यायो ।

बुधबार, २८ पुष, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर