हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन

काठमाडौं । हलिउड अभिनेत्री बेट्टी ह्वाइटको निधन भएको छ । ‘गोल्डन गल्र्स’ शो अभिनय कारणले चर्चित अभिनेत्रीको ९९ वर्षको उमेरमा निधन भएको हो । वाशिङ्गटन पोस्टले अभिनेत्रीको निधनको समाचार सार्वजनिक गरेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट मार्फत अभिनेत्रीको निधनप्रति शोक व्यक्त गरेका छन् ।

ह्वाइटले टेलिभिजन करियर ‘द गोल्डन गल्र्स’ र ‘द मेरी टायलर मुर’शो बाट सुरु गरेकी हुन् । टिभीको इतिहासमा उनी धेरै काम गर्ने अभिनेत्री हुन् ।

आफु १०० वर्ष पुगेको सेलिब्रेसन गर्ने तरखरमा रहेकी उनको जन्मदिन भन्दा १८ दिन अगाडि निधन भएको छ । थुप्रै शोको समेत गरेकी उनले धेरै अवार्ड समेत हात पारेकी छन् ।

आइतबार, १८ पुष, २०७८, दिउँसोको ०२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर