झापालाई राजु सोदेन स्मृति कपको उपाधि

केराबारी । झापा फुटबल क्लब सडनडेनमा विजयी हुँदै प्रथम स्व. राजु सोदेन स्मृति कप २०७८ फुटबल प्रतियोगिताको उपाधि विजेता बनेको छ ।

केराबारी–८ को प्रस्तावित केराबारी रंगशाखामा सोमबार भएको फाइनल खेलमा दुवैतर्फबाट एक÷एक गोल भएपछि सडनडेथमा १० नवोदय फुटबल क्लब पथरीमाथि ११–१२ गोलअन्तरको नतिजा निकाल्दै झापाले उपाधि आफ्नो पोल्टामा पारेको हो ।

दोस्रो हाफको १० औं मिनेटमा झापाका सनम राईले गोल गरेका थिए लगत्तै १० नवोदयका सनम भुजेलले १३ औं मिनेटमा गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । ट्राइब्रेकरमा पनि दुवै टिमका खेलाडीले बराबर गोल गरेपछि सोझो सेटबाट हार जितको घोषणा भएको थियो ।

टाइब्रेकरमा १० नवोदयका श्याम लिम्बु र झापाका गोकुल राजवंशीले पेनाल्टी मिस गरे भने अन्य सबै खेलाडीहरुले गोल गरेपछि खेल सडनडेथतर्फ लम्किएको थियो । सोही क्रममा १० नवोदयका निरज परियारको प्रहार झापाका गोलकिपर विप्लप गुरुगंले सेभ गरेपछि झापा विजयी भएका हो ।

प्रतियोगितामा प्रथम हुने झापा फुटबल क्लबले १ लाख १ हजार १ सय ११ रुपैयाँसँगै ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे भने द्वितीय हुने १० नवोदय फुटबल क्लबले ५१ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त ग¥यो ।

खेलको म्यान अफ द म्याच र बेष्ट गोलकिपर झापाका विप्लप गुरुङ, बेष्ट डिफेन्स १० नवोदयका सुमन राई, बेष्ट मिडफिल्डर उमेश कार्की, बेष्ट फरवार्ड झापाका गणेश हेमरुन, हाई स्कोरर १० नवोदयका विदेशी खेलाडी हेनरी, बेष्ट कोच झापाका प्रका चौधरी, राइजिगं प्लेयर आयोजकका बालकृष्ण केसी र म्यान अफ द सिरिज १० नवोदयका सनम भुजेल घोषित भए ।

प्रथम स्व. राजु सोदेन स्मृति कप मूल आयोजक समितिको आयोजनामा भएको फाइनलमा खेलमा विजेता तथा उपविजेता र अन्य विधाका सम्पूर्ण खेलाडीहरुलाई केराबारी गाउँपालिकाका प्रमुख रोहित बहादुर कार्की र उपप्रमुख शान्तिकारी लिम्बु भुजेलले टफी, मेडल, प्रमाण पत्र र नगद वितरण गरेका थिए ।

मङ्गलबार, १६ कार्तिक, २०७८, साँझको ०५:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर