उत्कृष्ट कर्मचारीलाई रिलायन्सको पुरस्कार

विराटनगर । रिलायन्स पेन्ट्स इण्डष्ट्रिज प्रा.लि.ले उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कार वितरण गरेको छ । विराटनगरको मुनालपथस्थित हर्ष हार्डवेयर स्टोर्समा शनिबार एक कार्यक्रम आयोजना गरि रिलायन्सले उत्कृष्ट काम गर्ने कर्मचारीहरूलाई पुरस्कार वितरण गरेको हो ।

रिलायन्सले उत्कृष्ट काम गरेको आधारमा राजु शर्मालाई १५० सिसीको पल्सर मोटरसाइकल प्रदान गरेको छ । यसैगरि अहमुल मिया (फिरोज) लाई २६० लिटरको फ्रिज, अकोशकुमार कायस्थलाई ल्यापटप, मन्टुकुमार राम मोची, महानन्द राय, प्रमोद साह, रन्जित कुमार कर्णलाई मोवाइल तथा चन्दनप्रसाद साह र मुकेश शर्मालाई साइकल वितरण गरेको थियो ।

कार्यक्रममा रिलायन्स पेन्ट्स सिनियर मार्केटिङ रिप्रजनटेटिच सुधिर कर्ण र हर्ष हार्डवेयरका प्रोपाइटर उमेश अग्रवालले पुरस्कार वितरण गरेका थिए ।

शनिबार, २३ असोज, २०७८, रातीको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर