६ घण्टा फेसबुक नचल्दा कति नोक्सानी ?

एजेन्सी । सोमबार फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप करिब ६ घण्टासम्म चलेनन् । जसको कारण सामाजिक सञ्जाल तथा म्यासेजिङ एप प्रयोग गर्ने करीब तीन अर्ब ५० करोड प्रयोगकर्ता सेवा प्रयोग गर्नबाट बञ्चित भए ।

फेसबुक संसारको सबैभन्दा दोस्रो ठूलो डिजिटल एडभरटाइजिङ कम्पनी हो । स्ट्यान्डर्ड मिडिया इन्डेक्सका अनुसार सेवा अवरुद्ध हुँदा कम्पनीलाई अमेरिकामा ५,४५,००० डलर प्रति घण्टा विज्ञापन राजस्वको हानी भयो । फर्चुन र स्नुप्सका अनुसार यो अवरोधका कारण कम्पनीलाई करोडौं डलरको हानी भएको छ । रिपोर्टका अनुसार फेसबुकले लगभग ३१९ मिलियन डलर दैनिक कमाउँछ ।

अर्थात् हरेक घण्टा यसले लगभग १३.३ मिलियन डलर विज्ञापनमार्फत् कमाउँछ । यसको कमाई हरेक मिनेट लगभग २,२०,००० डलर र हरेक सेकेन्ड ३,७०० डलर हो । अर्थात् फेसबुकले हरेक मिनेट २,२०,००० डलर (९२ करोड ६१ लाख रुपैयाँ) को क्षती व्यवहोर्नुपर्यो । रिपोर्टका अनुसार लगभग ६ घण्टासम्म अवरोध आयो ।

फेसबुकले ब्लग पोस्टमार्फत आफ्ना डेटा सेन्टरहरुको बीचमा समन्वय गर्ने रोउटरको मुख्यभागको कन्फिगुरेसन परिवर्तन भएकाले सेवा अवरोध भएको बताएको छ ।

यसअघि फेसबुकको सेवा अवरोध हुँदा मानिसहरुले ह्याक भएको हुन सक्ने आशंका व्यक्त गरेका थिए । फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरवर्गले भने फेसबुक ह्याक नभएको र आन्तरिक समस्याको कारण सेवामा अवरोध देखिएको बतएका थिए ।

फेसबुकमा सेवा अवरोध हुने समस्या कमै मात्र आउँछ । यसअघि सन् २०१९ मा २४ घण्टाभन्दा लामो समय फेसबुकको सेवा बन्द भएको थियो । त्यतिबेला पनि फेसबुकले यो समस्या कन्फिगुरेसन परिवर्तनको कारण नै भएको बताएको थियो । यद्यपि यसपटक भने कम्तीमा केही समस्या डोमेन नेम सिस्टम (डीएनएस)मा पनि रहेको पाइएको थियो ।

फेसबुकको सेवा पुनः सुरु भएसँगै सीईओ जुकरवर्गले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको सेवा बन्द भएकोमा क्षमायाचना गरेका छन् । उनले यी सामाजिक सञ्जालमा धेरै मानिसहरु जोडिएकाले यो सेवा कति महत्वपूर्ण रहेको छ भन्ने आफूले बुझेको बताएका छन् ।

– एजेन्सीहरुको सहयोगमा

मङ्गलबार, १९ असोज, २०७८, दिउँसोको ०४:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर