खोट नलाऊ पिरतीमा दिल्लगी नगर ।
ज्यानै जाला आपत्तीमा दिल्लगी नगर ।
मर्नु बॉच्नु दोसॉधमा मान्छे छन् पीडामा
सहज गर ओखतीमा दिल्लगी नगर ।
कयौँ पटक मर्नु भन्दा एकै पटक बेस
सोच यस्तो दुर्गतीमा दिल्लगी नगर ।
बर्षौं बित्यो मेरो देशमा सम्बृद्धि खोई
अरबौंको यो क्षतीमा दिल्लगी नगर ।
जहॉ जन्म घुमिफिरी त्यहि मर्न पाऊँ
के राजनीति दाग्वतीमा दिल्लगी नगर ।
–विराटनगर–५