लघुकथा : खै के !

 रेवती ढुंगाना

पल्ला घरमा निकै हल्ला खल्ला थियो । छरछिमेकी पनि निकै जना भिडभाडका साथ उपस्थित थिए। कोही बिचरा भन्दै थिए।कोही सुक्क सुक्क रुदै पनि थिए।

एकहुल सुकिला मुकिला लुगा लगाएका, ठुलठुला भुडी भएका, बोली लबज पनि चेपारो घस्न जानेका मानिसहरु चिल्लो कारबाट खुत्रुक्क अोर्लिए साथमा वकिल पनि ।
आफ्नो साथमा रहेको खाली लिफा लिएर वकिल साप अगाडि बढे। केहिबेर उनले लिफामा लिखितम बकितम भन्दै कुन्नि के के लेखे। एकछिन मा ल्याप्चे लगाउन भनियो । पाईटारे कान्छाले ल्याप्चे थिचिदियो। टुलुटुलु हेरिरहेका छिमेकीका अाखा रसाए तर कसैले दस्तखत नगर भनेनन। केहिबेरमा गाडी अगाडि बढ्यो र रक्सि भट्टि तिर मोडियो।

कुरो बुझ्दा घर खेती धितो राखेर बिदेशीएको उसको छोरो कोरोनाले उतै निधन भएको रहेछ। ऋण तिर्न नसके पछि साहुले घर खेत अाफ्नो नाममा पारेका रहेछन। च्यातिएर धुजाधुजा भएको मैलो लुगा लगाएर घरको पेटिमा बसि रहेको उसले छिमेकीलाई सहित खिन्न पार्दै पुर्पुरोमा हात राखेर आशु झारिरहेको थियो ।

ऋण अशुलेको खुसिमा कारमा अाउनेहरु वकिल साप सहित राति अबेर सम्म भट्टि पसलमा रक्सि मासुको स्वाद र नशामा झुमि रहेका थिए।

भोलि पल्ट झिसमिसै उ मसिना लालाबाला , बृद्ध अवस्थाका बाबूआमा र एकहल बुढा गोरु धपाउदै भएको अन्नपात र लुगाफाटो कुम्लो पारेर दिशाहिन भएर अनन्त तिर बसाइँ हिड्यो। भए भरका छिमेकी र साथी संगिहरु धुरुधुरु रोए।

साहुहरु भने अबेला ओछ्यानबाट उठेर हिजोको रक्सिले कस्तो ह्याङ्ग भयो भन्दै टाउको मुसार्दै थिए।

शुक्रबार, ३० असोज, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर