आरतीमा क्रेनबाट खसेर एक मजदुरको मृत्यु

विराटनगर । मोरङको विराटनगर ८ का ४० वर्षीय अशोक चौधरीको बुढिगंगास्थित आरती स्ट्रिप्समा विद्युत मर्मत गर्ने क्रममा क्रेनबाट झरेर मृत्यु भएको छ ।

बुधबार विहान बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रीमा बिजुलीको काम गर्ने क्रममा अचानक इलोक्ट्रिक सर्ट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथि क्रेनबाट भुईमा बजारिएको उद्योगले जनाएको छ ।

सामान बोक्ने क्रेनमाथि चढेर विद्युत मर्मत गरिरहेका बेला बिहान ११ः४५ बजेतिर झरेर घाइते भएका चौधरीको नोबेल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार दिउँसो ३ बजेतिर मृत्यु भएको हो । विद्युतसँग सम्बन्धित काम गरिरहे पनि करेन्ट लागेर मृत्यु भएकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । क्रेनकै काम गरिरहेका अरु भने सकुशल रहेको बताइएको छ ।

चौधरी उद्योगको इलेक्ट्रिकल डिपार्टमेन्टमा विद्युतको मर्मत र सप्लाईसम्बन्धी काम गर्ने प्राविधिक हुन् । उनको शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

बुधबार, २१ असोज, २०७७, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर