विराटनगर । विराटनगरस्थित रानीका युवाहरुले जिल्ला प्रहरी कार्यालय मोरङलाई आधारभुत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु उपलब्ध गराएका छन् ।
युवाहरुले मङ्गलबार मोरङ प्रहरीलाई २ सय थान एन–९५ मास्क र १ हजार थान सर्जिकल मास्क उपलब्ध गराएका हुन । युवाहरुले कोरोना महामारी विरुद्धको अग्रपङक्तिका योद्धा मानिने सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मोरङ प्रहरीका २ सय जना सुरक्षाकर्मीहरुलाई २ प्रकृतिका मास्क उपलब्ध गराएका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत कक्षमा रहेको थुनुवाहरुलाई पनि मास्क उपलब्ध गराएको युवा अभियन्ता रमेश शर्माले जानकारी दिए ।
सो अवसरमा भने मोरङ प्रहरीका एस.पी सन्तोष खडका, डि.एस.पी मान बहादुर राई तथा उदितनारायण शाह, नवरतन ठाकुर र कमल शाह लगायतका युवा तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।