अधिकृतलाई संक्रमण देखिएपछि मालपोत बन्द

विराटनगर । विराटनगरस्थित भूमिसुधार तथा मालपोत कार्यालयका एक जना अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनको लागि कार्यालय बन्द भएको छ ।
आइतबार सूचना निकालेर असोज १८ देखि २० गतेसम्म मालपोत कार्यालय बन्द गरिएको हो ।

इनरुवाबाट सरुवा भएका आएका एक जना मालपोत अधिकृतलाई शुक्रबार संक्रमण देखिएको थियो । संक्रमितको सम्पर्कमा पुगेकाहरूको कन्टयाक टे«सिङमा परेकाहरूको स्वाब संकलन र कार्यालय सेनिटाइज गर्न तीन दिन कार्यालय बन्द गरिएको मालपोत कार्यालय विराटनगरका अधिकृत जितेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि भूमि सुधार कार्यालयका एक जना महिला कर्मचारीमा पनि संक्रमण देखिएको छ । कार्यालय बन्द गरेपछि आइतबार ५ जना कर्मचारीहरूले परीक्षणको लागि स्वाब कोशी अस्पतलाको ल्याबमा दिएका छन् । उनीहरूको रिपोर्ट आउन बाँकी छ ।

विराटनगर मालपोत कार्यालयबाट दैनिक ८० देखि सय वटा जग्गाको रजिस्ट्रेशन हुने गरेको छ । मालपोत कार्यालय खुलेपछि सेवाग्राहीको भिडभाड हुने गरेको छ । संक्रमणबाट जोगिन सुरक्षा सावधानी र सामाजिक दुरी पनि कायम नगरि मालपोत कार्यालयले सेवा संचालन गर्दा थप संक्रमण बढन सक्ने खतरा बढेर गएको थियो ।

आइतबार, १८ असोज, २०७७, साँझको ०७:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर