फाउन्डेसन मार्फत चुरे संरक्षणको पहल

विराटनगर । वातावरण तथा पर्यटन क्षेत्रको विकासमा सकरात्मक सोच राख्ने सरोकारवालाहरुको भेलाले चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन गठन गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य किरण गिरीको अध्यक्षतामा ११ सदस्यीय फाउण्डेसन गठन भएको हो ।

चुरे क्षेत्रको विकास तथा संरक्षणका लागि चेतनामुलक अभियान सञ्चालनका लागि फाउन्डेसन क्रियाशील रहने बताइएको छ भने पर्यटन प्रवद्र्धन र त्यस क्षेत्रको विकासका लागि पनि काम गर्ने अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

फाउन्डेसनको उपाध्यक्षमा नवलप्रसाद उपाध्याय ,सचिवमा अर्जुन श्रेष्ठ र कोषाध्यक्षमा श्रीमन्त भट्टराई रहनुभएको छ ।

यसैगरी द्वारिका रेग्मी, राम पोखरेल, टेकबहादुर सार्की, वादल देवान, विकास न्यौपाने, कुशेश्वर राई र हिरा घिमिरे फाउन्डेसनको सदस्य रहनुभएको छ ।

बुधबार, १४ असोज, २०७७, साँझको ०६:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर