जुटमिलको पर्खालले किचेर मृत्यु

विराटनगर । मोरङको बिराटनगर १५ रानीमा ५५ वर्षीया समिरु नेसाको घरको पर्खाल भत्किएर किच्दा मृत्यु भएको छ ।

बिहीबार बिहान कलमा पानी लिन जाँदैगर्दा बिराटनगर जुटमिलको पर्खाल भत्किएर समिरुलाई किचेको थियो ।

घटनामा घाइते भएकी समिरुको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिहिबार, ०८ असोज, २०७७, साँझको ०७:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर