लायन्सको सचेतना कार्यक्रम

विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनले कोरोना महामारीको समयमा स्वास्थ्य सेवाका चुनौती विषयमा जुम एप्समा भर्चुअल सचेतना कार्यक्रम गरेको छ ।

कार्यक्रममा मोरङ स्वास्थ कार्यालयका प्रमुख ज्ञानबहादुर बस्नेत र प्रदेश १ स्वास्थ्य आपुर्ति महाशाखा प्रमुख शम्भु साहले सहजिकरण गरेका थिए ।

वर्तमान अवस्थामा औषधीजन्य सामग्री तथा कोरोना परिक्षण किटको आपुर्ती व्यवस्थापन गर्न तथा यातायात बन्द, नाका बन्द र अन्तर्राष्ट्रिय उडान समेत सहज नभएका अवस्थामा स्थानीय सम्म कसरी औषधी पु¥याउन सकियो भन्ने विषयमा साहले प्रष्ट पार्नुभयो । अन्तरक्रियामा साहले कम संख्यामा रहेको कर्मचारी र असहज अवस्थाले निकै अप्ठ्यारो भएपनि काम गर्दै अगाडि बताउनुभयो ।

यस्तै मोरङ स्वास्थ्य कार्यालय प्रमुख ज्ञानबहादुर बस्नेतले कोभिड अस्पतालमा अहिले लक्षणसहितको विरामीलाई उपचार गर्दै आएको जानकारी गराउँदै यसबाट बच्न सुरक्षा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो । क्लवका चार्टर्ड प्रेसिडेन्ट डा.बालकृष्ण साहको अध्यक्षतामा भर्चुअल अन्तरक्रिया भएको थियो ।

आइतबार, ०४ असोज, २०७७, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर