जीवन विकास समाजका संस्थापक मण्डललाई पदक

विराटनगर । जीवन विकास समाजका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक योगेन्द्र मण्डललाई नेपाल सरकारले प्रवल जनसेवा श्री (चतुर्थ) पदक प्रदान गर्ने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा मण्डललाई सो पदक दिने घोषणा गरिएको हो ।

जीवन विकास समाज लघुवित्त तथा जीवन विकास समाज अस्पताल र विद्यालय विद्यालय सञ्चालन गरी गरिबी निवारणमा मण्डलले नेतृत्व गरेको संस्थाले सहयोग पु¥याउँदै आएको छ । समाजको संस्थापकसमेत रहेका मण्डल नेतृत्वमा समाजले अहिले देशका विभिन्न जिल्लामा लघुवित्तसहित समाजिक कार्य गर्दै आएको छ ।

मण्डलले यो पदकले आफूलाई सामाजिक काममा अघि बढ्न थप हौसला दिएको बताउनुभयो । संविधान दिवसको अवसरमा घोषणा गरिएको विभिन्न पदक राष्ट्रपतिद्वारा प्रदान गरिनेछ ।

आइतबार, ०४ असोज, २०७७, दिउँसोको १२:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर