रोकिएन हरियो मटरको तस्करी

विराटनगर । कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सीमा नाका बन्द गरि आवतजावतमा पूर्ण रोक लगाएको भएपनि तस्करी धन्दामा लागेका गिरोहले अवैध रूपमा हरियो मटरको तस्करी गरि भारततर्फ लैजाने गरेको पाइएको छ ।

सीमा नाकाको बन्दको फाइदा उठाउँदै तस्करी धन्दामा लागेका गिरोहले मोरङको दक्षिण क्षेत्रबाट अवैध हरियो मटर तस्करी गरि भारत कटाउने गरेको पाइएको हो ।

बिराटनगर महानगरपालिका १८ तरेगामाबाट भारततर्फ तस्करी गरि लैजान लागेको ७ बोरा हरियो मटर प्रहरीले सोमबार बरामद गरेको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले नेपालबाट भारततर्फ लुकाईछिपाई अबैध रुपमा साइकलमा २५ किलोको दरले ७ बोरा हरियो मटर भारततर्फ लैजान लागेको अवस्थमा बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रहरीको गस्ती टोलीलाई देखेपछि तस्करी धन्दामा लागेका गिरोहले भारत कटाउन लागेको हरियो मटर र साइकल सोही स्थानमामा छोडेर फरार भएका थिए । फरार भएकाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि इलाका प्रहरी कार्यालय रंगेलीले एक ट्रक हरियो मटर बरामद गरेको थियो ।

नेपालबाट हरियो मटर ट्रकमा लोड गरि मोरङको दक्षिणको सिमा नाका हुँदै भारत लैजाने क्रममा प्रहरीले एक ट्रक हरिया मटर र चालकलाई पक्राउ गरेको थियो ।

बुधबार, ३१ भदौ, २०७७, रातीको ०८:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर