किसानले चियाको न्यूनतम मूल्य पाउने

इलाम । हरियो चियापत्तीको मूल्य तोकिएबमोजिम नपाएको भन्दै आन्दोलनमा रहेका किसानलाई इलामको सूर्याेदय नगरपालिकाले कानूनमा तोकिएबमोजिम मूल्य दिलाउने प्रतिबद्धता जनाएको छ ।

नगरपालिकाले बनाएको मापदण्ड अनुसार उद्योगीले किसानलाई चियाको मूल्य नदिएपछि किसधानहरु आन्दोलित छन् ।

नगरले बनाएको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५ अनुसार चियापत्तीको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ उद्योगीले दिनुपर्ने हुन्छ । तर, कोरोनाको बहाना बनाउँदै अधिकांश चिया उद्योगीले ४० रुपैयाँ दिइरहेका छैनन् ।

उद्योगीसँग समन्वय गरेर नगरपालिकाले कार्यविधिमा तोकिए बमोजिमको चियापत्तीको मूल्य दिलाउने नगरपालिकाका प्रमुख रणबहादुर राईले प्रतिबद्धता जनाउनुभएको हो । नगरपालिका किसानको पक्षमा रहेकाले जसरी भएपनि न्युनतम मूल्य किसानलाई उद्योगीहरुबाट उपलब्ध गराउने प्रतिबद्धता उहाँले जनाउनुभएको छ ।

सूर्याेदय नगरपालिकाको मुख्य नगदेबालीको रूपमा नगरका करिब ६५५ भन्दा बढी किसान चिया खेतीमा आबद्ध छन् । नगरको मापदण्डलाई समेत नमान्दै उद्योगीले अहिले किसानलाई तोकिएको मूल्य नदिएको भन्दै किसानहरु चिन्तित छन् ।

तोएिको मूल्य पाउनका लागि किसानले असारको पहिलो सातादेखि नै आन्दोलन शुरु गरेका थिए । उद्योगीले त्यसको सुनुवाई गरेका छैनन् । तोकिएको मूल्य नदिने उद्योगमाथि कार्वाहीको प्रक्रिया थाल्ने चेतावनी नगरपालिकालले जनाएको छ ।

बुधबार, ३१ भदौ, २०७७, रातीको ०८:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर