विराटनगर । कोभिड १९ का कारण चरम संकट व्यहोर्दै आएको ब्राजिलमा कोरोना भाइरसको संक्रमण १ लाख बढीको मृत्यु भएको छ । ३० लाख १३ हजार भन्दा बढी संक्रमित भएको ब्राजिलमा ज्यान गुमाउनेहरुको संख्या बढ्न थालेपछि शव व्यवस्थापनमा पनि समस्या भएको छ ।
अहिलेसम्म ब्राजिलमा ३० लाख १३ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण भएको छ ।
संक्रमणका कारण मृत्यु भएकाहरुलाई ब्राजिलले सामुहिक रुपमा शव व्यवस्थापन गर्दै आएको छ । सामुहिक शव व्यवस्थापनको दृष्श्यले कोरोनाको कहरलाई जो कसैले पनि गम्भीर रुपमा लिनुपर्ने अवस्था छ । ब्राजिलमा ३ प्रतिशत संक्रमितले ज्यान गुमाएका छन् ।