विराटनगरमा मोदीको पुत्ला दहन

विराटनगर । सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।

भारतले नेपाली भु–भाग लिपुलेक, कालापानी र लिम्पियाधुरा मिचेर सडक उद्धाटन गरेको विरोधमा अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरुले विराटनगरको रोडशेष चोकमा मोदीको पुत्ला जलाएका हुन् ।

नेपाली भुमी फिर्ता गर, लिपुलेक कालापानी र लिम्पियाधुरा हाम्रो हो, बैमान छिमेकी चाहिँदैन र भारतीय दादागिरी मुर्दावाद लगायतका नारा लगाउँदै विद्यार्थीले पुत्ला दहन गरे । पुत्ला दहनको क्रममा पुगेका प्रहरीले भने विद्यार्थीहरुद्धारा जलाउँदै गरेको मोदीको पुत्ला खोस्ने प्रसा गरेको थियो ।

अनेरास्ववियुका नेता वसिम आलमको नेतृत्वमा विद्यार्थीहरुले पुत्ला दहन गरेका थिए ।

मङ्गलबार, ३० बैशाख, २०७७, साँझको ०६:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर