विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठक भोलिका लागि बोलाइएको छ ।
स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा भोलि बुधबार बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
सरकारले पार्टीसँग सल्लाह र छलफल नगरी दुई अध्यादेश जारी गरेपछि असन्तुष्ट २० जना स्थायी समिति सदस्यहरुले वैठक माग गर्दै पार्टीमा निवेदन दिएका थिए । उनीहरुले दिएको निवेदन अनुसार वैशाख २६ गतेभित्रै बैठक बस्नु पर्ने थियो । तर वैशाख २५ गते बोलाइएको बैठक प्रस्ताव तयार नभएको भन्दै अनिश्चित अवधिकालागि स्थगित भएपछि बैठक के हुन्छ भन्ने प्रश्न उठेको थियो । साथै नेकपा विधान विपरित चल्न थालेको भन्दै आलोचना भएको थियो ।