उर्लाबारीको विपद् कोषमा नेकपाको १ लाख ९२ हजार सहयोग

उर्लाबारी । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) उर्लाबारी नगर कमिटीले उर्लाबारी नगरपालिकाको विपद् कोषमा १ लाख ९२ हजार ८० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र उपमेयर लक्ष्मीदेवी भण्डारीलाई शुक्रबार नेकपा मोरङका सचिवालय सदस्य मानबहादुर श्रेष्ठ र नगर अध्यक्ष उमाकान्त गौतमले सो रकम हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा नेकपा उर्लाबारीले अन्य राजनीतिक पार्टीभन्दा बढी सहयोग गरेको भन्दै मेयर फागोले प्रशंसा गर्नुभयो । उहाँले विपदको बेला विपन्न समूदायलाई सबै एकजुट भएर राहत वितरण गर्नुपर्ने आवश्यकता रहेकोले वडास्तरीय सर्वदलीय समितिको सिफारिसमा राहत वितरण गरिरहेको र वास्तविक परिवारसम्म राहत पु¥याउन राजनीति दलका प्रतिनिधिहरुबाट सकारात्मक भूमिकाको अपेक्षा राखेको उहाँले बताउनुभयो ।

हालसम्म नगरपालिकाको कोषबाट स्वास्थ्य सामाग्री खरिदसहित ४३ लाख रुपैयाँ खर्च भइसकेको फागोले जानकारी दिनुभयो । नगर अध्यक्ष गौतमले नेकपाको तर्फबाट आगामी दिनमा पनि नगरपालिकासँग सहकार्य गरी जनताको सुखदुखको सारथी बन्न तयार रहेको बताउनुभयो । वास्तविक पीडित जनतासम्म राहत पु¥याउन नेकपाले नगरपालिकासँग साझेदारी गर्दै अघि बढ्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।

कोषमा नेपाली कांग्रेस उर्लाबारीले १ लाख ७ हजार ६ सय सहयोग गरेको थियो भने राष्ट्रिय जनता पार्टी उर्लाबारीले ५१ हजार १९ रुपैयाँ, राष्ट्रिय प्रजातन्त्र पार्टी उर्लाबारीले २५ हजार १९ रुपैयाँ र संघीय लिम्बूवान पार्टी उर्लाबारीले २० हजार रुपैयाँ सहयोग गरेको थियो ।

शुक्रबार, २६ बैशाख, २०७७, दिउँसोको ०३:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर